केटिएम कन्सल्टिङ ग्रुपको आठौं शाखा सिमरामा

सिमराः अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत जस्ता देशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीका लागि परामर्शदाताको रुपमा काम गर्दै आएको केटिएम कन्सल्टिङ ग्रुपले बाराको सिमरामा पनि शाखा विस्तार गरेको छ । ग्रुपले शनिबार आफ्नो आठौं शाखाको रुपमा सिमरामा कार्यालय शुभारम्भ गरेको हो ।
कार्यालयको एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले उच्च शिक्षाका लागि विदेश जान इच्छुक विद्यार्थीलाई जोखिम नहुने गरी सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
ग्रुपको सिमरास्थित कार्यालयका प्रमुख रितेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, एनप्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीलगायत विभिन्न शैक्षिक संस्था सम्बद्ध संघसंगठनका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
सन् २०१४ मा स्थापित ग्रुपले अहिले काठमाडौंसहित हेटौंडा, चितवन, बुटवल, इटहरीलगायतका स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । ग्रुपले अष्ट्रेलियामा मात्रै चार ठाँउमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेको छ ।
अष्ट्रेलियाको सिडनी, मेलवर्न, क्यानवेरा र एडिलेडमा ग्रुपको कार्यालय छ । उक्त ठाँउबाट अष्ट्रेलियाका शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने गरको छ । ग्रुपले अष्ट्रेलियाबाहेक भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका र भियतनामबाट पनि सेवा प्रवाह गरिरहेको छ ।