बहुदरमाईमा एक महिलाको शव फेला

सिमराः पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ४ डोकैला बहुअरीस्थित तिलावे नदीमा शनिबार एक अज्ञात महिलाको शव फेला परेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतक महिलाको ढाडमा जातो बाँधेर नदीमा फालिएको आशंका गरिएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो । अहिले शवको पहिचान तथा घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।