बारा प्रहरीद्वारा चार लाख बराबरको अवैध घरेलु मदिरा नष्ट


eShilalekh

११ फाल्गुन २०८१, आईतवार १३:०६

सिमराः जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालन भइरहेका मदिरा भट्टीहरूमा घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीप कुमार थापाको कमान्डमा खटिएको टोलीले अवैध मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरीका अनुसार जिल्लाको महागढीमाई नगरपालिका ३ राम टोलमा र वडा नम्बर १० ग्वासटोलमा रहेका घरेलु मदिरा भट्टीहरू नष्ट गरिएको छ ।

प्रहरीले चार लाख ८० हजार रुपैयाँ मूल्य बराबरको आठ हजार लिटर कच्चा पदार्थ र ११५ वटा प्लास्टिकका ड्रम ४ वटा मदिरा उत्पादन गर्ने मेशिन समेत नष्ट गरेको छ ।

प्रहरीले अवैध मदिरा उत्पादन तथा बिक्री वितरण रोक्न नियमित कारबाही जारी राख्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्