रौतहटमा एक युवकको शव फेला


eShilalekh

११ फाल्गुन २०८१, आईतवार १५:१६

रौतहटः रौतहटको गरुडा नगरपालिका १ जयनगर स्थित फर्निचर मेलामा आईतबार बिहान एक युवकको शव फेला परेको छ ।

नामथर वतन नखुलेको करिब ३५ वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले जानकारी दिए ।

मृतक युवकको शव पहिचान गर्नका लागि प्रयास भइरहेको उनले बताए । शव लाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्