फोनिजले बाराका श्रेष्ठसहित चार पत्रकारलाई पुरस्कृत गर्ने


eShilalekh

१३ फाल्गुन २०८१, मंगलवार १७:१६

सिमराः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले कमिटीले चार जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

फागुन १७ गते बाराको कोल्हबीमा हुने साधारणसभामा फोनिजले देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट दुई जना र क्रियटिभ क्रियाशील पत्रकारिता पुरस्कारबाट दुई जनालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले देवनारायण गनिया समृति पत्रकारिता पुरस्कारबाट बाराका सत्यप्रसाद श्रेष्ठ र सर्लाहीकी रिना आलेलाई पुरस्कृत गरिने जानकारी दिए । यसैगरी क्रियटिभ क्रियाशील पत्रकारिता पुरस्कारबाट धनुषाकी लक्ष्मी चौधरी र सप्तरीका डम्बर राईलाई पुरस्कृत गर्ने निर्णय भएको चौधरीले बताए ।

फोनिजले चारै जना पत्रकारलाई जनही १० हजार राशीसहित पुरस्कृत गर्नेछ । फोनिज मधेसका अध्यक्ष चौधरीको संयोजकत्वमा गठन भएको छनौट समितिले चार जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्