सबैको सहकार्यमा लैङ्गिक हिंसा न्युनिकरण सम्भवः जिसस प्रमुख साह

सिमराः जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले सबैको सहकार्यमा मात्रै समाजमा हुने हिंसा न्युनिकरण सम्भव रहेको बताएका छन् ।
दिव्य विकास स्रोत केन्द्र पर्साले मंगलबार कलैयामा आयोजना गरेको लैङ्गिकताका आधारमा हुने हिंसा न्युनिकरण विषयक कार्यकाशामा बोल्दै साहले समाजको सबै पक्षको सहकार्यमा मात्रै हिंसा न्युनिकरण सम्भव रहेको बताए ।
लैङ्गिकताका आधारमा हुने हिंसाले समाजमा पारिरहेको नकारात्मक असरको विषयमा बोल्दै साहले सरोकारवाला पक्ष एक ठाउँमा उभिएर यसकाविरुद्ध आवाज उठाउन जरुरी रहेको बताए । कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवारले लैङ्गिक हिंसा नियन्त्रण नभएसम्म सम्भ समाजको परिकल्पना गर्न नसकिने बताए ।
संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा गणेश ठौरीले लैङ्गिक हिंसाको अवस्था र न्युनिकरणका उपायका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।