बारा प्रहरीद्वारा २८ वटा भारतीय नम्बरका मोटरसाइकल वीरगन्ज भन्सार कार्यालयमा बुझाईयो


eShilalekh

१६ फाल्गुन २०८१, शुक्रबार १२:३६

सिमराः जिल्ला प्रहरी कार्यालय बाराले २८ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बिभिन्न स्थानमा जाँच गर्दा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानून विपरीत रहेका भारतीय नम्बर प्लेट भएका २८ वटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिईएको मोटरसाईकलको अन्दाजी २५ लाख मूल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्