विकासशील भेट्रान र नवजनजागृति भेट्रानलाई उपाधी


eShilalekh

१८ फाल्गुन २०८१, आईतवार १६:०५

सिमराः पथलैयामा आयोजित भेट्रान्स फूटबल प्रतियोगिताको उपाधी विकासशील भेट्रान क्लबले जितेको छ । पथलैयास्थित थानीमाई खेल मैदानमा सम्पन्न फाइनल खेलमा नागस्वोती भेट्रान क्लबलाई २–१ ले पराजित गर्दै विकासशीलले उपाधी उचालेको हो ।

उपाधीसंगै विकासशीले २० हजार नगद प्राप्त गरेको छ । उपविजेता नागस्वोतीले १० हजार पाएको छ ।

यसैगरी नव जनजागृति भेट्रान क्लब सिमराले पथलैया कपको उपाधि जितेको छ । थानीमाई खेल मैदानमा सम्पन्न फाइनल खेलमा नव जनजागृतिले रुपान्तरण युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै नव जनजागृतिले उपाधी उचालेको हो ।

उपाधीसंगै नव जनजागृतिले २५ हजार नगद प्राप्त गरेको छ भने उपविजेताले रुपान्तरण क्लबले १० हजार हात पारेको छ ।

फाइनल समारोहको अवसर पारेर आयोजना गरिएको मैत्रीपूर्ण महिला फूटबल खेलमा पथलैया बिजयी भएको छ । पथलैयाले सिमरा महिला टोलीलाई ३–२ ले पराजित गरेको हो ।

थानीमाई फूटबल क्लबको आयोजना र पथलैया भेट्रानको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । समापन समारोहमा जीतपुरसिमरा १ का वडासदस्य राकेश सुब्बा, होली गार्डेन इङ्लिस स्कुलका प्रिन्सिपल भूवन राई, स्थानीय बाबु मगर, कुमार खनाल, राजकुमार लामा, नवराज अधिकारी, किरण आले, सन्तोष कार्की, पथलैया फूटबल क्लबका अध्यक्ष दिप राई, प्रतियोगिता संयोजक राज घलानलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्