भन्सार छलिको आशंकामा ५३ लाख बराबरको समानसहित ट्रक नियन्त्रणमा

सिमराः बारा प्रहरीले भन्सार छलिको आशंकामा ५३ लाख बराबरको समानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले ५३ लाख ४० हजार बराबरको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी सहायक निरीक्षक अमृत मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रक रोकी जाँच गर्दा बिल भिजकभन्दा बढी समान पाइएपछि ट्रक नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको प्रहरीले जनाएको छ ।