पर्सामा मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास

सिमराः पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीबाट न्याय नपाएको भन्दै बृजकिशोरप्रसाद साहले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।
साहले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । आत्मदाहको प्रयास गरेका साहलाई तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्यार्ईएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्राप्त पत्रको अनुसार साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ६ लाख मूल्य बराबरको जग्गा अरुको नाममा पास गरेका थिए । ऋण चुक्ता गरेर जग्गा फिर्ता लिन खोज्दा आनाकानी गरिरहेका कारण आत्मदाहको प्रयास गरेको कुरा खुलाईएको अर्यालले बताए ।
यो मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन गरिरहेको छ ।