प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, शेखको नेतृत्वमा कार्यसमिति चयन

सिमराः प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लालबाबु शेखको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिवमा दिवाकर भण्डारी र कोषाध्यक्षमा जितेन्द्र शाह चयन भएका छन् । यसैगरी सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा चयन भएका छन् ।
अधिवेशनले सदस्यमा पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, संगिता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतोलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए । उद्घाटन समारोहमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछान, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्र लगायतकाले मन्तव्य राखेका थिए ।

सो अवसरमा प्रेस चौतारी नेपाल मधेश प्रदेशका निवर्तमान अध्यक्ष फणी महतको उपचारका लागि संगठनले आर्थीक सहयोग गरेको छ । लामो समयदेखि गम्भीर स्वास्थ्य समस्या भई उपचाररत रहेका महतलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उपचारका लागि १ लाखको चेक हस्तान्तरण गरेका छन् ।
प्रेस चौतारी नेपाल रौतहट जिल्लाको अधिवेशनमा महतको उपचारका लागि प्रेस चौतारी नेपालको तर्फबाट सहयोग गर्ने अध्यक्ष बस्नेतले घोषणा गरेका थिए । सोही घोषणा अनुसार उपचारकालागी रकम हस्तान्तरण गरिएको हो ।