बारा प्रहरीद्वारा ५६ किलो लागूऔषध गाँजा बरामद


eShilalekh

२७ फाल्गुन २०८१, मंगलवार १३:३७

सिमराः बारा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी हवल्दार बच्चालाल यादवको नेतृत्वमा खटिएको टोलिले ५६ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

बाराको कोल्हबी नगरपालिका ५ को कुमरगढी बाट सोनाभार तर्फ जाँदै गरेको नम्बर नखुकेको मोटरसाइकलमा सवार दुई जना व्यक्ति प्रहरि टोलिलाई देखे पछि उक्त लागूऔषध फाली मोटरसाईकल लिई फरार भएको प्रहरी प्रवक्ता विजय राज पण्डितले जनाएका छन् ।

लागूऔषध गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्