मालपोत कार्यालय महोत्तरीमा ३५ हजार घुस रकमसहित दुईजना पक्राउ

महोत्तरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीमा कार्यरत खरिदार र लेखापढी व्यवसायीलाई घुससहित प्रक्राउ गरेको छ ।
आयोगले उनिहरुलाई ३५ हजार घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो रहेका छन् ।
सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई पक्राउ गरेको आयोगले जनाएको छ ।