परवानीपुरमा मोटरसाईकल दुर्घटना हुँदा चारजना घाईते


eShilalekh

३ चैत्र २०८१, आईतवार १५:२०

सिमराः बाराको परवानीपुरमा आईतबार बिहान मोटरसाईकलले ठक्कर दिँदा चारजना घाईते भएका छन् ।

घाईते हुनेमा पैदल यात्री वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का ४५ वर्षीय राजदेव महतो र सोही ठाउँ बस्ने बर्ष ४६ का मजिद मियाँ रहेका छन् ।

यसैगरी मोटरसाईकल चालक जीतपुर सिमरा उपमहानगरापालिका वडा नम्बर २४ हरपुरका अजहर अन्सारी र पछाडि बस्ने मुन्ना देवान रहेका छन् ।

वीरगन्जबाट सिमरातर्फ जाँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई पछाडिबाट ठक्कर दिँदा उनीहरु घाईते भएका थिए ।घाईतेहरुलाई उपचारका लागि वीरगन्जको नेपाल मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्