वीरगन्जमा कर्फ्यू उल्लंघन गर्ने ४० जना पक्राउ


eShilalekh

१ बैशाख २०८२, आईतवार १३:०४

सिमराः वीरगञ्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेको आरोपमा प्रहरीले ४० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यू उल्लंघन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए । आइतबार बिहान वीरगन्जका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर नजान स्थानीय प्रहरी प्रशासनले सूचना मार्फत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्