जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा निजी विद्यालयलाई शुल्क विवरण पठाउन निर्देशन

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले निजी विद्यालयलाई बैशाख ५ गते भित्र विद्यार्थीहरूको शुल्क विवरण पठाउन निर्देशन दिएको छ ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाले गत आर्थिक वर्षमा उठाएको शुल्क र चालु वर्षको शुल्क विवरण पठाउन निर्देशन दिएको हो ।
उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले विद्यालयलाई निर्देशन दिँदै एक तहमा अध्ययनरत बिद्यार्थी सोहि बिद्यालयमा अर्को तहमा जाँदा भर्ना शुल्क नलिन आग्रह गरेका छन् । यो नियम अनुसार, छात्रवृत्ति प्रदान गर्दा विद्यालयहरूलाई उपमहानगरपालिकाले सावधानीपूर्वक लागू गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, अन्य विद्यालयबाट आएका विद्यार्थीहरूलाई प्रमाणपत्रको आधारमा भर्ना गर्न र अनुमति प्राप्त कक्षासम्म मात्र भर्ना लिन जनाईएको छ ।