पेट्रोलियम पदार्थको मूल्य घट्यो


eShilalekh

३ बैशाख २०८२, बुधबार १४:५१

सिमराः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै पहिलो वर्गका पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५७ रुपियाँ ५० पैसा पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य एक सय ४३ रुपियाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य एक सय ४५ रुपैयाँ पर्नेछ ।
यसैगरी तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ तोकिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तिन रुपैयाँ १५ पैसा र डिजेलमा दुई रुपैयाँ ६२ पैसाले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्