मधेश प्रदेशका डिआईजीसहित ६ जना एआईजीमा बढुवा सिफारिस

सिमराः गृह मन्त्रालयले मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित ६ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
मन्त्रालयले मधेश प्रदेशका डिआईजी लालमणि आचार्यसहित चन्द्रकुवेर खापुङ, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
३० वर्षे सेवा अवधिका कारण ४ चैत २०८१ मा तत्कालीन महानिरीक्षक वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरु अवकाशमा गएपछि ६ पद रिक्त भएको थियो । एआईजी बढुवा नहुँदा प्रहरीका ६ महत्वपूर्ण विभाग समेत खाली रहेको थियो ।
