रामबहादुर बम्जन जेलमुक्त

सिमराः तपस्वी भनिने रामबहादुर बम्जन उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै जेलमुक्त भएका छन् । सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोप लागेका बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो ।
उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई २०८१ चैत ६ गते सफाइ दिएको खुलेको छ । न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बम्जनलाई मुद्दामा सफाइ दिएको अदालतका उपरजिष्ट्रार सुशील यादवले बताए ।
बम्जनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
२०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बमजनलाई बुढानिलकण्ठ नगरपालिका हात्तीगौंडास्थित घरबाट पक्राउ गरेको थियो ।