वीरगन्जमा लगाईएको निषेधाज्ञा हट्यो, स्थिति समान्य


eShilalekh

५ बैशाख २०८२, शुक्रबार ११:३८

सिमराः जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगन्ज महानगरपालिका क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्