पथलैया–निजगढ सडकखण्डमा कार र ट्रिपर ठोक्किँदा दुई जनाको मृत्यु

सिमराः पथलैया–निजगढ सडकखण्डमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
उक्त सडकखण्डको १३ किलो भन्ने स्थानमा केही बेर अघि मात्रै उक्त दुर्घटना भएको हो । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
प्रहरीका अनुसार कारमा सवार दुई जनाको मृत्यु भएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी पुगिसकेका छन् ।