आफ्नो सन्तानलाई विद्यालय भर्ना गर्दै हुनुहुन्छ ? एकपटक यो सूचीः हेर्नुस् !

सिमराः नयाँ शैक्षिक सत्र सुरु भएसंगै जीतपुरसिमरा उपमहानगरपालिका भित्रका शैक्षिक संस्थाले भर्ना अभियान सुरु गरेका छन् । विद्यालयहरुमा भर्ना अभियान चलिरहदा सन्तानको शिक्षाप्रति चासो र चिन्तित अभिभावक भने आफ्नो सन्तानलाई कुन शैक्षिक संस्थामा अध्यापन गराउने भन्ने अन्यौलमा देखिन्छन् ।
केहीले पुरानै विद्यालयमा निरन्तरता गर्न खोजिरहेका छन् भने केहीले नयाँ विद्यालयमा आफ्नो सन्तानलाई पढाउने सुर गरिरहेका छन् । आफ्नो सन्तानको शिक्षाप्रति अभिभावकको चिन्ता र चासो हुनु स्वभाविक नै हो ।
तर त्यस भन्दा अघि अभिभावकले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेको आफ्नो सन्तानले अध्ययन गर्ने विद्यालय उक्त कार्यका लागि योग्य रहे नरहेको निक्र्यौल गर्नु हो । कतिपय विद्यालयले कक्षा संचालनको अनुमति नपाएपनि विद्यार्थीहरु भर्ना गरिरहेका हुन्छन्, जसले गर्दा उनिहरुको शैक्षिक भविष्य नै जोखिममा पर्ने गरेको छ ।
त्यसैले जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी शैक्षिकसत्रका लागि कुन सामुदायिक तथा संस्थागत (निजी) विद्यालयले कति कक्षासम्म अध्यापन अनुमति पाएका छन् भनेर सूची नै जारी गरेको छ । उपमहानगरपालिकाले सूची मात्रै जारी गरेको छैन, कक्षा संचालनको अनुमति नपाएका विद्यालयमा विद्यार्थी भर्ना गर्दा भविष्यमा पर्ने असरको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने र अनुमति नपाएको कक्षामा विद्यार्थी भर्ना गरेको पाइएमा विद्यालयको अनुमति नै खारेज गर्ने चेतावनी समेत दिएको छ ।
एकपटक हेर्नुहोस् जीतपुरसिमरा भित्रका कुन निजी विद्यालयले कति कक्षासम्म पढाउने अनुमति पाएका छन् ।

