नेजाको अध्यक्षका दुई आकांंक्षीबीच बहस कार्यक्रम हुने


रामप्रसाद अधिकारी

६ बैशाख २०८२, शनिबार ०७:४८

अमेरिका: नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी कार्यकालको अध्यक्ष पदका लागि आकांक्षा राखेका दुई उम्मेदवारहरूबीच प्रत्यक्ष बहस हुने भएको छ।

रिपोर्टर्स क्लब अमेरिकाको आयोजनामा युलेशस्थित भेटघाट रेष्टुरेन्टमा अप्रिल २६ तारीख, शनिबार दिउँसो १ बजेदेखि दिनको ३ बजेसम्म प्रत्यक्ष बहस हुने भएको हो ।

कार्यक्रममा अध्यक्ष पदका दुई आकांक्षी सुजन पण्डित र बाबुराम दाहाल सहभागी हुनेछन् । पण्डित हालका उपाध्यक्ष हुन भने दाहाल महासचिव हुन् ।

बहस कार्यक्रमलाई नेजाको आगामी नेतृत्व चयनका लागि महत्वपूर्ण अवसरको रूपमा हेरिएको रिपोर्टस् क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण रिपोर्टस क्लब अमेरिकाकी सदस्य संगिता एस. कडेंल र मनिमा पोखरेलले गर्नेछन् ।
यस कार्यक्रमको मिडिया पार्टनरहरूमा ईशिलालेख, घण्टेश्वर अनलाइन, तिखो संचार, ग्लोबल भूटानीज न्यूज, जनता एचडी, मालिका न्यूज, टोटल खबर, ग्लोबल पोस्टइन्फो र रेडियो जनता यूएसए रहेका छन्।

प्रतिक्रिया दिनुहोस्