पर्सामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु


eShilalekh

८ बैशाख २०८२, सोमबार १३:३६

सिमराः पर्सामा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका २ का ३० वर्षीय बिहारी राम रहेका छन् ।

जगरनाथपुर गाउँपालिका २ पाण्डेपुरस्थित सडकमा ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लिएर जाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्