बारामा एक युवकले गरे आत्महत्या, प्रहरीद्वारा अनुसन्धान हुदै

सिमराः बारामा एक युवकले घरमै पासो लगाएर आत्महत्या गरेका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनका २२ वर्षीय नितेश कुमार महत्तोले आत्महत्या गरेका हुन ।
महतोले सोमबार बिहान करिब ३ बजे आफ्नो फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै आफुलाई कलेजका साथीले मानसिक यातना दिएको भन्दै आत्महत्या गरेका छन् ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता एवंम प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले घटना बारे थप अनुसन्धान भईरहेको बताएका छन । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यस विषयमा थप केही भन्न सकिने प्रहरीको भनाई छ ।