बारा प्रहरीद्वारा ६ किलो अवैध चाँदी बरामद


eShilalekh

१० बैशाख २०८२, बुधबार १२:३३

सिमराः बारा प्रहरीले मंगलबार साँझ ६ किलो अवैध चाँदी बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरिक्षक अमृत मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलिले पथलैया चोकमा यात्रुवाहक बस जाँच गर्ने क्रममा १० लाख ८० हजार मूल्य बराबरको चाँदिका विभिन्न किसिमका गरगहना बरामद हो ।

प्रहरीका अनुसार वीरगन्जबाट तुलसिपुर दाङतर्फ जाँदै गरेको बा.प्र.३२५६ नम्बरको यात्रुवाहक बसको क्याविनभित्र सिटमुनी बेवारिसे अवस्थामा उक्त चाँदी फेला पारेको हो ।

प्रहरीले वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन खोलेर हेर्दा कार्टुनभित्र लुकाई छिपाई राखिएको चाँदीको रेडिमेड गहना वरामद गरेको बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।

बरामद गरगहनालाई आवश्यक प्रक्रिया अनुसार राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्