नेकपा एमाले: जीतपुरसिमरा ४ मा सम्पर्क कार्यालय उद्घाटन


eShilalekh

३ बैशाख २०७९, शनिबार १४:३७

सिमराः नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ मा चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेको छ । चुनावी गतिविधिलाई प्रभावकारी बनाउन एमाले वडा कमिटीले सम्पर्क कार्यालय उद्घाटन गरेको हो ।

एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज ज्वाला साहले कार्यालयको उद्घाटन गरेकी थिईन् । कार्यालयको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेकी साहले एमालेले उभ्याएको उम्मेदवारलाई विजयी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताईन् ।

पार्टीभित्र उम्मेदवार बन्न थुप्रै आकांक्षी भएपनि सबै उम्मेदवार बनाउन नसकिने हुँदा पार्टी सक्षम व्यक्तिलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतार्ने साहले बताईन् । अबको निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकामा बहुमतसहित जित हात पार्न आवश्यक रहेकाले पार्टीको चुनावी अभियानलाई जनस्तरमा लैजान उनले कार्यकर्तालाई आग्रह गरिन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वती देवी चौधरी, एमाले बाराका पूर्वअध्यक्ष देवनारायण चौधरी, एमाले बाराका सचिवालय सदस्य मनोज पौडेल, रेनु रिमाललगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा अमृत शर्मा बजगाई, कमला घिमिरे, कासिम हुसेन, रमेश खरेललगायत एमालेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

एमाले वडा नंं ४ का वडा कमिटी अध्यक्ष भागवत चौधरी अध्यक्षतामा सम्पन्न कायक्रमको संचालन त्रिलोक बिक्रम शाहले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष रुद्र खतिवडाले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्