नेकपा एमाले : जीतपुरसिमरा १ पथलैयामा सम्पर्क कार्यालय उदघाटन


eShilalekh

३ बैशाख २०७९, शनिबार १८:३५

पथलैया: नेकपा एमालेले जीतपुरसिमरा उपमहागरपालिका वडा नं. १ पथलैयामा नेकपा एमालेको सम्पर्क कार्यालय उदघाटन भएको छ । चुनावलाई केन्द्रीत गर्दै वडा नं. १ कमिटीले सम्पर्क कार्यालय सुरु गरेको हो ।

कार्यालयको एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहइन्चार्ज सरस्वती देवी चौधरीले उदघाटन गरेकी हुन । सम्पर्क कार्यालयको उदघाटन गर्दै चौधरीले एमालेको पक्षमा बढदो जनलहरलाई स्थापित गर्न पनि एमालेको जित आवश्यक रहेको बताइन ।

कार्यक्रमा एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरीले एमालेलाई बहुमतका साथ जिताउन आवश्यक रहेको बताए । चौधरीले चुनावी अभियानलाई प्रभावकारी ढंगले अगाडी बढाउन आग्रह गरे ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य कासिम हुसेनले पथलैयाको समग्र विकासका लागि एमालेको जितको विकल्प नरहेको बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्य सुभद्रा न्यौपानेले एमालेको पक्षमा मतदान गर्न आग्रह गरिन ।

कार्यक्रममा पूर्व जिल्ला कमिटी सदस्य विष्णु भण्डारी, हिरा बस्नेत, मुस्तकिम अंसारी, राष्ट्रिय युवा संघ नगर अध्यक्ष गौरव नेपाल, नगर कमिटी सदस्य बिदुर घिमिरे, गोपाल सापकोटा, मनिष प्याकुरेल, वडा कमिटी उपाध्यक्ष नारायण लामालगायतको उपस्थिति रहेको थियो ।

वडा कमिटी अध्यक्ष इश्वर थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव प्रकाश खुलाले गरेका थिए । कार्यक्रममा वडा उपसचिव राजकुमार बर्तौलाले स्वागत मन्तब्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्