माओवादी केन्द्रः जीतपुरसिमरा १८ को सबै पदमा सर्वसम्मत् सिफारिस
सिमरा: नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकाको १८ नम्बर वडामा पाँचै जनाको नाम सर्वसम्मत सिफारिस गरेको छ । वडा कमिटीले वडाध्यक्षसहित चार जना सदस्यको नाम सर्वसम्मत् सिफारिस गरेको हो ।
वडा नं. १८ मा माओवादी केन्द्रबाट शिवप्रसाद ढुंगाना वडाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यसैगरी खुल्ला सदस्यमा अमृत थिङ, शेष अब्दुल खेर, महिला सदस्यमा रञ्जना आले मगर र दलित महिला सदस्यमा रजमन्ती देवी मुसर्नीको नाम सिफारिस भएको आएको माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बरालले जानकारी दिए ।
जीतपुरसिमरा १५ मा अध्यक्षमा तीन आकांक्षी
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ मा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बन्न तीन जनाले दावी प्रस्तुत गरेका छन् । वडा कमिटीको बैठकमा वर्तमान वडाध्यक्ष रामप्रसाद लामिछानेसहित अन्य दुईले आकांक्षा देखाएका हुन् ।
वडामा सहमती जुट्न नसकेपछि वडा कमिटीले लामिछानेसहित वडा सदस्य राजन भट्टराई र कृष्ण नेपालको नाम सिफारिस गरेको छ ।
जीतपुरसिमरा ९ मा अध्यक्ष बाहेक सबै सर्वसम्मत
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ मा अध्यक्ष बाहेक अन्य चार सदस्य पदमा सर्वसम्मत भएको छ । नेकपा माओवादी केन्द्रको वडा कमिटीले अध्यक्षमा दुई जना र सदस्यमा चार जनाको नाम सिफारिस गरेको छ ।
वडाध्यक्षको दावी प्रस्तुत गर्नेमा लक्ष्मीकान्त प्यारेलाल चौधरी र राजदेव पासवान रहेका छन् । उनिहरु दुवै जनामा सहमती जुट्न नसकेको हो । यसैगरी खुल्ला सदस्यमा ऋषीराज चौधरी, पर्शुराम चौधरी, महिला सदस्यमा इन्द्रावती देवी चौधरी र दलित महिला सदस्यमा कान्तीदेवी मुसर्नीको नाम सिफारिस भएको आएको नगर कमिटी अध्यक्ष बरालले जानकारी दिएका छन् ।