एमालेले जीतपुरसिमरा २ मा श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने


eShilalekh

५ बैशाख २०७९, सोमबार २०:१५

सिमरा: नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं २ को वडाध्यक्ष पदमा धनबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । वडा कमिटी सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेको हो ।

श्रेष्ठ २०७४ सालको निर्वाचनबाट निर्वाचित वडासदस्य हुन् । वडा सदस्यमा निर्वाचित श्रेष्ठ भएपछि उनले वडाभित्र गर्दै आएको सामाजिक सेवा र कार्यशैलीको वडास्तरमा प्रशंसा हुने गरेको छ । वडा कमिटीले सर्वसम्मत् सिफारिस गर्ने भएपछि श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ ।

श्रेष्ठसंगै अध्यक्षका लागि दावी गर्दै आएका उद्धव गौतम खुल्ला सदस्यका लागि सर्वसम्मत् सिफारिस भएका छन् । अघिल्लो स्थानिय निर्वाचनमा एमालेले टिकट नदिएपछि वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका गौतम केही मतले पराजित भएका थिए ।

एमालेका पुराना नेताको रुपमा परिचित गौतमलाई समेटदै पाँचै जना उम्मेदवार सर्वसम्मत चयन गर्न सफल भएको वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेलले बताए ।

यसैगरी वडा कमिटीले अर्का खुल्ला सदस्य पदमा विशाल घिमिरे, महिला सदस्यमा मिरा ढकाल र दलित महिला सदस्यमा लक्ष्मी विकको नाम सर्वसम्मत् सिफारिस गर्ने निर्णय गरेको छ ।

जीतपुरसिमरा २ मा एमालेबाट सर्वसम्मत् भएका उम्मेदवारः
वडाध्यक्षः धनबहादुर श्रेष्ठ (डिबि)
खुल्ला सदस्यः उद्धव गौतम
खुल्ला सदस्यः विशाल घिमिरे
महिला सदस्यः मिरा ढकाल
दलित महिला सदस्यः लक्ष्मी विक

प्रतिक्रिया दिनुहोस्