जीतपुरसिमरा २ मा एमालेका श्रेष्ठको अग्रता कायमै


eShilalekh

१ जेष्ठ २०७९, आईतवार ०१:०४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठले अग्रता कायमै राखेका छन् ।
मतगणनाको सुरुवातदेखी अग्र स्थानमा रहेका श्रेष्ठ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार भन्दा फराकिलो मतले अघि छन् ।

निसहायक निर्वाचन अधिकृत बालाराम खड्काले दिएको जानकारी अनुसार सात सय ८७ मत गणना हुदा एमालेका धनबहादुर श्रेष्ठले तीन सय ५९ मतसहित अग्र स्थानमा छन् । उनका प्रतिद्धन्दी माओवादी केन्द्रका तिलकबहादुर श्रेष्ठ एक सय ६९ र कांग्रेसका विजय बम्जनले एक सय ३० मत प्राप्त गरेका छन् ।

गठबन्धनका प्रमुखलाई बढी मत, उपप्रमुखलाई बराबरी
जीतपुरसिमरा उपमहानगरपालिका २ को हालसम्म गणना भएको सात सय ८७ मतमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार राजन पौडेलले तीन सय ५३ मत प्राप्त गरेका छन् भने एमालेकी सरस्वतीदेवी चौधरीले दुई सय ६३ मत पाएकी छिन् ।
यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाही र एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले समान दुई सय ९८ मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ हालसम्म गणना भएको मतपरिणामः
नेकपा एमाले
प्रमुखः २६३
उपप्रमुखः २९८
वडाध्यक्षः ३५९
महिला सदस्यः ३१३
दलित महिला सदस्यः ३११
खुल्ला सदस्यः ३०८
खुल्ला सदस्यः २९३

गठबन्धन
प्रमुख (माओवादी): ३५३
उपप्रमुख (कांग्रेस): २९८

नेपाली कांग्रेस
वडाध्यक्षः १३०
महिला सदस्यः १२५
दलित महिला सदस्यः १३१
खुल्ला सदस्यः १४१
खुल्ला सदस्यः १२८

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः १६९
महिला सदस्यः १८४
दलित महिला सदस्यः १८३
खुल्ला सदस्यः १७६
खुल्ला सदस्यः १६३

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः ४७
उपप्रमुखः ५३
वडाध्यक्षः ४३
महिला सदस्यः ५२
दलित महिला सदस्यः ५३
खुल्ला सदस्यः ५७

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ५०
उपप्रमुखः ४२
वडाध्यक्षः ४०
महिला सदस्यः ५९
दलित महिला सदस्यः ४६
खुल्ला सदस्यः ५४
खुल्ला सदस्यः ५०

प्रतिक्रिया दिनुहोस्