जीतपुरसिमरा २ मा एमालेका श्रेष्ठ फराकिलो मतान्तरसहित अगाडी


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १०:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठले फराकिलो मतान्तरसहित अगाडी देखिएका छन् ।

वडा नं. २ हालसम्म भएको गणनाको एक हजार नौ सय एक मतको परिणाम अनुसार एमालेका उम्मेदवार श्रेष्ठ नौ सय ११ मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।

उनका प्रतिद्धन्दी माओवादी केन्द्रका तिलकबहादुर श्रेष्ठ पाँच सय ३२ र कांग्रेसका विजय बम्जनले तीन सय ४५ मत प्राप्त गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ हालसम्म गणना भएको मतपरिणामः

नेकपा एमाले
प्रमुखः ७१२
उपप्रमुखः ७८३
वडाध्यक्षः ९११
महिला सदस्यः ८१३
दलित महिला सदस्यः ८१२
खुल्ला सदस्यः ७८९
खुल्ला सदस्यः ७६८

गठबन्धन
प्रमुख (माओवादी): ८२७
उपप्रमुख (कांग्रेस): ७२८

नेपाली कांग्रेस
वडाध्यक्षः ३४५
महिला सदस्यः ३२२
दलित महिला सदस्यः ३३०
खुल्ला सदस्यः ३५७
खुल्ला सदस्यः ३२०

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः ५३२
महिला सदस्यः ४९०
दलित महिला सदस्यः ४७७
खुल्ला सदस्यः ४६६
खुल्ला सदस्यः ४२७

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः ११५
उपप्रमुखः १३०
वडाध्यक्षः ९७
महिला सदस्यः ११८
दलित महिला सदस्यः १२६
सदस्यः १३२
सदस्यः १९२

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ११६
उपप्रमुखः ११३
वडाध्यक्षः ९२
महिला सदस्यः ११३
दलित महिला सदस्यः १०३
खुल्ला सदस्यः १०९
खुल्ला सदस्यः १०२

प्रतिक्रिया दिनुहोस्