जीतपुरसिमरा २१ मा एमालेका श्रेष्ठको अग्रता


eShilalekh

१ जेष्ठ २०७९, आईतवार १३:१०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार सुवास श्रेष्ठ फराकिलो मतान्तरसहित अग्र स्थानमा देखिएका छन् ।

पाँच सय पाँच मतको गणना हुँदा एमालेका उम्मेदवार श्रेष्ठले दुई सय ९१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मुन्ने काजी मगरले एक सय ६६ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर ठकुरीले १४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजकुमार मानन्धरले ३४ मत प्राप्त गरेका छन् । यो एकछापे मतको प्रारम्भिक परिणाम हो ।

प्रमुख र उपप्रमुखमा एमालेलाई फराकिलो मत

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ को प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेको प्रमुख र उपप्रमुख पदका उम्मेदवारले गठबन्धनका उम्मेदवारभन्दा बढी मत प्राप्त गरेका छन् ।

एमालेकी नगर प्रमुख पदकी उम्मेदवार सरस्वती देवी चौधरीले दुई सय ९१ मत प्राप्त गर्दा गठबन्धनतर्फको प्रमुख पदका उम्मेदवार राजन पौडेले ४८ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुख पदमा एमालेका भोलाप्रसाद अधिकारीले दुई सय ९१ मत प्राप्त गरेका छन् भने गठबन्धनकी उपप्रमुख उम्मेदवार मेघा शाहीले ४८ मत प्राप्त गरेकी छिन् ।

उक्त वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुख उम्मेदवार माधव त्रिपाठीले एक सय ६६ मत प्राप्त गरेका छन् भने उपप्रमुखकी उम्मेदवार सुष्मा मिश्रले एक सय ६६ प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्