जीतपुरसिमरा ६ मा एमालेका उम्मेदवार अंसारीको प्यानल विजयी

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार कैमुदिन अंसारीको प्यानल विजयी भएको छ ।
अंसारीले चार सय ४० मत प्राप्त गर्दै जित हात पार्दा उनका निकटतम प्रतिद्धन्दी फजेआलम अंसारीले तीन सय ६७ मत प्राप्त गरे । अंसारी ७३ मतको मतान्तरले विजयी भएका हुन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका मनोज कुमार दनुवारले दुई सय ६ मत प्राप्त गरेका छन् । एमालेबाट निर्वाचित अंसारी दोस्रो पटक वडाध्यक्षमा विजयी भएका हुन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि उनि निर्वाचित भएका थिए । यसैगरी वडा नं. ६ एमालेका विन्देश्वर सिंह, खुबलाल महतो धांगर, बुद्धकुमारी अधिकारी र बविता देवी सदस्यमा निर्वाचित भएका छन् ।