जीतपुरसिमरा १४ मा आठ सय मत गणना, चयन गुरुङको अग्रता

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ मा नेकपा एमालेको वडाध्यक्ष पदकी उम्मेदवार चयन गुरुङले अग्रता लिएकी छिन् ।
हालसम्म आठ सय मत गणना हुदा गुरुङले १९ मतको अग्रता लिएकी हुन् । गुरुङले तीन सय ३३ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका भरत प्रसाद भण्डारीले तीन सय १४ मत प्राप्त गरेका छन् ।
यस्तो छ आठ सय मत गणना हुँदाको परिणामः
वडाध्यक्ष पदका उम्मेदवार
चयन गुरुङ: ३३३
भरत प्र. भण्डारीः ३१४
नगर प्रमुख र उप्रमुख पदका उम्मेदवार (गठबन्धन)
राजन पौडेलः ४४७
मेघा शाही २८०
नगर प्रमुख र उप्रमुख पदका उम्मेदवार (एमाले)
सरस्वतीदेवी चौधरीः १६७
भोला प्रसाद अधिकारीः १४१