कर्मचारी संगठनद्धारा निजामती सेवा ऐन जारी गर्न माग


eShilalekh

२८ असार २०७९, मंगलवार ०८:२०

सिमराः निजामती कर्मचारी आवद्ध विभिन्न संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै कर्मचारी संगठनले ऐन जारी गर्न माग गरेका हुन् ।

मुलुक संघीय राज्य व्यवस्थामा गएको लामो समय वितिसक्दा पनि संघीय शासन प्रणानीको कार्यान्यवनका लागि ऐनको अभाव हुदा सार्वजनिक प्रशासन अस्थिर र अन्यौल रहेको कर्मचारी संगठनको भनाई छ । संघ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन र मार्ग निर्देशका लागि ऐन अति आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

कर्मचारीले संगठनले चालु अधिशवेनबाट निजामती सेवा ऐन जारी नभए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन् । ज्ञापनपत्रमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन(निजामती), एकिकृत सरकारी कर्मचारी संगठन, नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका जिल्ला अध्यक्षले ज्ञापन बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन कर्मचारी संगठनका जिल्ला र केन्द्रीय तहका नेता उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्