घरेलु मदिरा उत्पादन गर्ने १७ वटा भट्टी प्रहरीद्धारा नष्ट


eShilalekh

२५ श्रावण २०७९, बुधबार २३:०७

कलैयाः अवैधरुपमा घरेलु मदिरा उत्पादन हुँदै आएका भट्टी नष्ट गर्दै बारा प्रहरीले तयारी मदिरा र कच्चापदार्थ नियन्त्रणमा लिएको छ । जिल्लाको महागढीमाई नगरपालिकाको दुई स्थानमा प्रहरीले १७ वटा भट्टी नष्ट गर्दै मदिरा नियन्त्रणमा लिएको हो ।

अवैध मदिरा उत्पादन हुँदै आएको सूचना पाएपछि पुगेको प्रहरी टोलीले महागढीमाई नगरपालिकाको वडा नं. ३ र १० गंजभवानीपुर टोलमा संचालन भईरहेका भट्टी नष्ट गरेको थियो । सोही क्रममा प्रहरीले १० हजार लिटर तयारी मदिरा र ८० हजार लिटर कच्चा पदार्थसहित मदिरा उत्पादन गर्न प्रयोग हुने मेसिनसहित भाडा नियन्त्रणमा लिएको छ ।

भट्टी नष्ट गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरिक्षकको नेतृत्वमा ४५ जना प्रहरीको टोलीले गंजभवानीपुर पुगेका थिए । मदिरा उत्पादन गर्दै आएका स्थानीयले तयारी मदिरा भण्डारण गर्न अन्डरग्राउण्ड ट्यांकीको समेत प्रयोग गरेको अवस्थामा भेटिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्