पथलैया यु२० फूटवलः राईजिङ स्टार क्लब बिजयी
पथलैयाः राईजिङ स्टार क्लब निजगढ पथलैयामा जारी प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
पथलैयामा शुक्रवार भएको अन्तिम प्रिक्वार्टरफाईनल खेलमा राईजिङ सहारा क्लब चकरीलाई ३-० ले पराजित गर्दै निजगढ अन्तिम आठमा प्रवेश गरेको हो ।
निजगढको जितमा विकास दर्लामी मगर, विवेक सारु मगर र निरञ्जन फुयालले समान एक-एक गोल गरे । खेलको म्यान अफ दि म्याच समिर माझी घोषित भए । उनलाई होलि गार्डेन इङलिस स्कुलका प्रधानाध्यापक भुवन चाम्लिङ राईले पुरस्कार वितरण गरे ।
प्रतियोगिता अन्तर्गत शनिवारदेखी क्वार्टरफाईनलका खेल सुरु हुदैछन् । पहिलो क्वार्टरफाईनल खेलमा न्यु सुन्दर बस्ती क्लब र न्यु हिमाल क्लब निजगढबीच खेल हुनेछ । सुन्दरबस्तीले जीतपुर युथ क्लब र हिमाल क्लबले सिद्धबाबा युवा क्लबलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।
युवा जागरण क्लब र दिब्य ज्योती क्लबको संयुक्त आयोजनामा साउन २० गतेदेखी जारी प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार प्राप्त गर्नेछन् ।