नेपाल बुद्धिजीवी परिषदको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा चयन
सिमराः नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद जीतपुरसिमरा नगर कमिटीको प्रथम नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । बकुलिया क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनले बिजयराज शर्माको नेतृत्वमा ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा देवबहादुर चौधरी, सचिव प्रजापती त्रिपाठी, कोषाध्यक्ष अनितादेवी खत्री, उपसचिव अग्नी शर्मा र बिष्णु ढकाल चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा कुलबहादुर थापामगर, रामनाथ पटेल, शान्ता पोखरेल, अर्जुनप्रसाद अर्याल, भुवन पोखरेल, राजकुमार साह, रामराज धामी, डा. ईल्ताफ अंसारी, सरोज दहाल, पूर्णकला कार्की, वेदनाथ न्यौपाने रहेका छन् ।
यसैगरी सिकन्दर चौधरी, अजय चौधरी, रोशन गुप्ता, सुशिलकुमार रायभर, राधेश्याम चौधरी, शेष आरिफ, लक्ष्मी सुवेदी पौडेल, शोभराती अंसारी, शंकरप्रसाद सिवाकोटी, कर्णबहादुर जर्गामगर, रमेश चौधरी, नाजिकर अंसारी र जैनुल आबुदिन देवान ३५ सदस्यीय समितिको सदस्यमा चयन भएका छन् ।
एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, राधेश्याम सिवाकोटी, किशोर शर्मा, दिनेश्वर ठाकुर, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख एवम् सचिवालय सदस्य भोलाप्रसाद अधिकारी, सचिवालय सदस्य मनोज पौडेल, एमाले बाराका उपसचिव अमृत शर्मा बजगाई, बुद्धिजीवी परिषदका केन्द्रीय सदस्यद्धय देवी सापकोटा र आसमहमद अंसारी, जिल्ला अध्यक्ष यादव तिमिल्सिना, युवा संघ मधेस प्रदेश संयोजक मोविन आलम, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ कि अध्यक्ष चयन गुरुङलगायत एमालेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
तदर्थ समितिका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नारायणदत्त पौडेलले गरेका थिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।