बारा प्रहरीद्धारा घरेलु मदिरा भट्टी र कच्चा पदार्थ नष्ट
कलैयाः जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आईतवार घरेलु मदिरा उत्पादन गर्ने भट्टी र कच्चा पदार्थ नष्ट गरेको छ ।
जिल्लाको फेटा गाँउपालिका वडा नं. १, प्रसौनी गाँउपालिकाको वडा नं. १ र २ मा अवस्थित पाँच वटा भट्टी नष्ट गरेको हो । भट्टी नष्ट पार्ने क्रममा १० हजार लिटर कच्चा पदार्थ समेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग हुने मेसिन र भाडा समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा संचालनमा रहेको अवैध भट्टी नष्ट पार्ने क्रमलाई तिव्रता दिदै आएको छ ।