वडाध्यक्ष खरेललाई प्याब्सनको सम्मान
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेललाई निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले सम्मान गरेको छ ।
चन्द्रनिगाहपुरमा शनिवार सम्पन्न प्याब्सनको सांगठानीक भेला तथा प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष खरेललाई सम्मान गरिएको हो ।
प्याब्सनको बाराको संस्थापक रहेर शैक्षिक उत्थानमा सक्रिय भूमिका निर्वाह गरिरहेको अवस्थामा स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको वडाध्यक्षमा निर्वाचित भएको भन्दै प्याब्सनले खरेललाई गरेको हो ।
खरेललाई प्याब्सनको केन्द्रीय अध्यक्ष डिके ढुंगानाले खरेललाई सम्मान गरेका थिए । प्याब्सन मधेस प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बारासहित प्रदेशका आठ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।