इटालीले जित्यो युरोकपको उपाधी


eShilalekh

२८ असार २०७८, सोमबार ०९:१३

सिमरा : घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा भएको फाइनल खेलमा इंग्ल्यान्डलाई टाईब्रेकरमा ३-२ ले पराजित गर्दै इटालीले उपाधि उचालेको हो ।
१६ औं संस्करणको उपाधी उचाल्ने क्रममा ईटलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । इंग्ल्यान्डले खेलको सुरुवातमै अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो ।
निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नकसेपछि नतिजा टाईब्रेकरमा निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्