बस दुर्घटना अपडेट: थप दुई घाईतेको मृत्यु, मृतकको संख्या १८ पुग्यो


eShilalekh

२१ आश्विन २०७९, शुक्रबार ११:०९

सिमराः बाराको तीन नम्बर पुलमा बिहिवार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा बिहिवार राती मृत्यु हुनेमा पर्सा सखुवाप्रसौनी गाँउपालिका ६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र वीरगन्ज महानगरपालिका १६ नगवाकी ६० वर्षीय मालतदेवी चौरसिया रहेका छन् । कम्करको हेटौडा अस्पताल र चौरसियाको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिएका छन् ।

यसअघि दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो । बाराका प्रहरी प्रवक्ता थापाले थप दुई घाईतेको मृत्यु भएसंगै मृतकको संख्या १८ पुगेको र मृतकको शव परिवारले अस्पतालबाट बुझेर लगेको बताए । थापाले दुर्घटनामा परी घाईते भएका अन्य २६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको जानकारी दिए ।

थापाका अनुसार पुरानो मेडिकल कलेज चितवनमा १४, चितवन मेडिकल कलेजमा पाँच, चुरेहिल अस्पताल हेटौडामा दुई, सहकारी अस्पताल हेटौडामा दुई, गण्डक अस्पतालमा दुई र हेटौडा अस्पतालमा एक जनाको उपचार भईरहेको थापाले जानकारी दिए । घाईतेमध्ये केही अवस्था गम्भिर रहेको थापाले जानकारी दिए ।

नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको बा प्र–०६–००१ख०११० यात्रुबस पथलैया–हेटौडा सडकखण्ड अन्तगर्त पर्ने तीन नम्बर पुलको घुमाउरो बाटोबाट तल खस्दा दुर्घटना भएको हो । ४६ जना यात्रु बोकेको बस सडकबाट तल खस्दा क्षतविक्षत बनेको थियो ।

मृतकको नामः
१. कलैया उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय लिलाराज चौधरी
२. चितवन खैरहनी नगरपालिका ५ बुडौलीकी ६३ वर्षीया नन्दकुमारी पुडासैनी
३. चितवन कालिका नगरपालिका रमाईलो चोक बस्ने शंकर कडेलको छोरा १५ वर्षीय सफल कडेंल
४. वीरगन्ज महानगरपालिका १६ का अन्दाजी ६५ वर्षीय सोमप्रसाद चौरसिया
५. वीरगन्ज महानगरपालिका १६ की ३६ वर्षीया मुन्नीदेवी चौरासिया
६. हेटौडा उपमहानगरपालिका ७ की ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ
७. हेटौडा उपमहानगरपालिका ७ की २० वर्षीया सोस्तीका श्रेष्ठ
८. कलैया उपमहानगरपालिका १० की ३६ वर्षीया नाजलिन खातुन
९. जीतपुरसिमरा उपमहानगरपालिका २२ का २८ वर्षीय सुरेश विक
१०. कलैया उपमहानगरपालिका १० का २६ वर्षीय ईताजत अंसारी
११. ओखलढुंगाका लालबहादुर बोगटी
१२. चितवन खैरहनी नगरपालिका ५ का २५ वर्षीय मनोरथ पुडासैनी
१३. गोर्खाका ३५ वर्षीय अम्बिका कंडेल
१४. जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोषकुमार राय
१५. बारा करैयामाई गाँउपालिका घर भई भरतपुर नगरपालिका १२ बस्ने १६ वर्षीया प्रितिका चौधरी
१६. बारा सुवर्ण गाँउपालिका ७ का ५५ वर्षीय रामआश्रय राय यादव
१७. पर्सा सखुवाप्रसौनी गाँउपालिका ६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर
१८. वीरगन्ज महानगरपालिका १६ नगवा की ६० वर्षीय मालतदेवी चौरसिया

घाईतेको नामः

चुरेहिल अस्पताल, हेटौडा
१. जीतपुरसिमरा २१ का १८ वर्षीय आर्यन बम्जन
२. स्याङजा आदिखोला गाँउपालिका ६ का ४० वर्षीय दिप्तीनारायण ढकाल

पुरानो मेडिकल कलेज, चितवन
१. नामथर नखुलेकी एक महिला (अवस्था गम्भिर)
२. वीरगन्ज महानगरपालिका १६ की २ वर्षीया साक्षी चौरसिया
३. वीरगन्ज महानगरपालिका १६ का ९ वर्षीय दिब्य चौरसिया
४. वीरगन्ज महानगरपालिका १६ की ३५ वर्षीया लक्ष्मीया देवी
५. वीरगन्ज महानगरपालिका १६ की २२ वर्षीया रविना चौरसिया
६. वीरगन्ज महानगरपालिका १६ का २५ वर्षीय सन्दीप चौरसिया
७. चितवन खैरहनी नगरपालिका ८ का ५४ वर्षीय भिमसेन अधिकारी
८. चितवन खैरहनी नगरपालिका ८ की ३८ वर्षीया रबिना अधिकारी
९. चितवन खैरहनी नगरपालिका ८ का १७ वर्षीया सन्देश अधिकारी
१०. चितवन खैरहनी नगरपालिका ८ की १४ वर्षीया सृष्टी अधिकारी
११. हेटौडा उपमहानगरपालिका १४ का ३४ वर्षीय मन्जुकुमारी लोप्चन
१२. हेटौडा उपमहानगरपालिका १४ की ७ वर्षीया सुवानी घिसिङ
१३. हेटौडा उपमहानगरपालिका १४ का १२ वर्षीय विज्ञान घिसिङ
१३. हेटौडा उपमहानगरपालिका १४ का १४ वर्षीय अमृत लोप्चन
१४. हेटौडा उपमहानगरपालिका १४ का १४ वर्षीय प्रशान्त स्याङतान

चितवन मेडिकल कलेज
१. हेटौडा उपमहानगरपालिका १४ की ४४ वर्षीया ठुलीमाया लोप्चन
२. भरतपुर नगरपालिका २२ का २१ वर्षीय आयुश बास्तोला
३. चितवन राप्ती नगरपालिका ८ का ६४ वर्षीय श्रीप्रसाद त्रिपाठी
४. बारा करैयामाई घर भई भरतपुर नगरपालिका १२ की १६ वर्षीया रितिका चौधरी
५. चितवन खैरहनी नगरपालिका ५ की १८ वर्षीया अस्मित बानिया (अवस्था गम्भिर)

गण्डक अस्पताल बिरगंज
१. वीरगन्ज महानगरपालिका १४ बहुअरीका ३४ वर्षीय अकवर अंसारी
२. पकाहा मैनपुर गाँउपालिका ४ का २० वर्षीय सन्देश यादव

सहकारी अस्पताल हेटौडा
१. मकवानपुरगढी गाँउपालिका ७ बुढीचौर बस्ने १७ वर्षीय बिरोज पाख्रीन
२. उनको बुवा ५५ वर्षीय ललितकुमार पाख्रीन

हेटौडा अस्पताल
१. जीतपुरसिमरा उपमहानगरपालिका २२ का ११ वर्षीय शिशिर विक

प्रतिक्रिया दिनुहोस्