कलैयामा निर्वाचन कार्यालय र संचारकर्मीबीच आचारसंहिता विषयक अन्तरक्रिया सम्पन्न


eShilalekh

१९ कार्तिक २०७९, शनिबार २०:३३

कलैयाः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको लागि बाराका संचारकर्मी र निर्वाचन कार्यालयबीच आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बाराको आयोजनामा आचारसंहिता केन्द्रीत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत सरोजकुमार चौधरीले आमनागरिक र संचारमाध्यमहरुले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पत्रकारहरु राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराएका थिए । प्रजिअ कटुवालले संचार क्षेत्र र पत्रकारहरु साझा भएकाले निर्वाचन मर्यादित बनाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीसहित सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका कर्मचारी र जिल्लाका ३० जना भन्दा बढी संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्