पौडेलको निवासमा एमालेको शोकसभा
सिमराः नेकपा एमाले जीतपुरसिमरा २ को वडा कमिटीले मधेस प्रदेश कमिटी सदस्य एवम् संगठन विभाग सचिव मनोज पौडेलको निवासमा बुधवार शोकसभाको आयोजना गरेको छ । पौडेलकी माता भागिरथीको निधन भएको १३औं दिनको पूण्यतिथि पारेर एमालेले शोकसभाको आयोजना गरेको हो ।
शोकसभामा एमाले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् पूर्वमन्त्री एकबाल मिया, एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश सचिवालय सदस्य एवम् निवर्तमान प्रदेशसभा सदस्यद्धय सुन्दर विक र सिता गुरुङसहित एमाले नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि पौडेलले भागिरथीको दुःखद् निधनबाट सिंगो पार्टीपंक्ती दुखित् रहेको बताउदै एमाले केन्द्रीय कमिटीको तर्फबाट समेत परिवारजनमा समवेदना व्यक्त गरेका थिए । शोकसभामा निवर्तमान प्रदेशसभा सदस्य विक र एमाले नेता पौडेलले मन्तब्य राखेका थिए ।
नेकपा एमाले जीतपुरसिमरा २ वडा कमिटिका अध्यक्ष रविन्द्र खकुरेलको अध्यक्षतामा सप्पन्न शोकसभाको सहजीकरण बिशाल घिमिरेले गरेका थिए ।