पूर्वमन्त्री किसान श्रेष्ठसंग आयोगले दोस्रो पटक माग्यो स्पष्टीकरण


eShilalekh

३ मंसिर २०७९, शनिबार १२:००

सिमराः बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एव्म पूर्व श्रममन्त्री किसान श्रेष्ठलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मौन अवधीको समयमा कार्यकर्तासहित परवानीपुर गाँउपालिकामा घरदैलो गरेका श्रेष्ठलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

नेकपा एकिकृत समाजवादीका नेता श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित शुक्रवार प्रदेशसभाका उम्मेदवार जितेन्द्र सोनलसहित कार्यकर्ताको समूह लिएर घरदैलो गरेका थिए । मौन अवधीको समयमा निर्वाचन आयोग र प्रशासनलाई वेवास्था गर्दै श्रेष्ठले घरदैलो गरेपछि चौतर्फी विरोध भएको थियो ।

निर्वाचन आचारसंहितालाई लत्याउदै घरदैलो गरेको खबर सार्वजनिक भएपछि आयोगले श्रेष्ठ र सोनल दुवैलाई स्पष्टीकरण सोधेको हो । बारा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत कर्ण राईले मौन अवधीको समयमा घरदैलो गरेको विषयलाई लिएर आयोगले दुवै उम्मेदवारसंग स्पष्टीकरण माग गरेको बताए ।

श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि श्रेष्ठले परवानीपुरमा फ्रि भिसा फ्रि टिकटमा युवालाई मलेसिया पठाईदिने भन्दै आफ्नो चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखेका थिए । म्यानपावरको प्रयोग गरेर पूर्वमन्त्री श्रेष्ठले मतदातालाई प्रभावित पार्न खोजेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आयोगले स्पष्टीकरण सोधेपछि उम्मेदवार श्रेष्ठले जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट स्पष्टीकरण पत्र बुझाएका थिए ।

तर उम्मेदवारलाई श्रेष्ठलाई सोधेको पहिलो स्पष्टीकरणको विषयमा आयोगको कुनै निर्णय आएको छैन । पहिलो स्पष्टीकरणको निर्णय नआउदै आयोगले श्रेष्ठलाई दोस्रोपटक स्पष्टीकरण सोधिएको हो ।

प्रतिक्रिया दिनुहोस्