एपि खबरको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम


eShilalekh

३० भाद्र २०७८, बुधबार १४:२१

सिमरा : जीतपुरबाट संचालनमा रहेको एपी खबर डटकमको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् ।


स्वाती मिडिया प्रा.लिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । स्थानिय युवा जितेन्द्र सर्राफलाई रक्त थैली दिएर जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरीले कार्यक्रमको शुभारम्भ गरेकी थिईन् ।


कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, स्थानिय समाजसेवि मनोज गुप्ता, शिवजी साह सोनार, युवा संघ नेपालका मनोज साह, अफताब आलम, सोहन शर्मा, सावित्री पिपले, मनिर अंसारी लगायत उपस्थित थिए ।


कार्यक्रममा स्थानियसहित नया गोरेटो पुर्नस्थापना केन्द्र, ईलाका प्रहरी कार्यालय जीतपुर, ईलाका टाफिक कार्यालय जीतपुर, नेपाल बिहार रेडियो स्रोता संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले रगत दान गरेका थिए । कार्यक्रम प्रा.लिका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्