दोश्रो अन्तराष्ट्रिय भेट्रान कपमा चार लाख बचत


eShilalekh

११ पुष २०७९, सोमबार १६:३९

सिमराः स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरामा आयोजित दोश्रो अन्तराष्ट्रिय भेट्रान कप फूटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । आयोजक सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि असोज १ गतेसम्म आयोजना भएको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।

सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले प्रतियोगितामा करिब ११ लाख खर्च भएको र झण्डै चार लाख बचत भएको जनाएको छ । क्लबकी कोषाध्यक्ष रिता कंडेलका अनुसार प्रतियोगितामा १५ लाख १६ हजार ९ सय रुपैया आम्दानी भएको र ११ लाख २० हजार ६ सय ६० रुपैया खर्च भएको हो ।

आम्दानीमध्ये ६ लाख ९९ हजार आठ सय रुपैया उठाउन बाँकी रहेको कोषाध्यक्ष कंडेलले बताईन् । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजकपुर राउत, प्रतियोगिता संयोजक हरि चौधरी, सल्लाहकार विनोद परियार, सदस्य उमेश चौलागाईलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्