‘सुन्दर समाजको अमुल्य अभिलेख बन्न प्रयत्नशील रहनेछौं’
सिमरा: आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सम्पूणर् जेष्ठ नागरिकप्रति हार्दिक सम्मान तथा नमन । अनि आजै विश्व मुस्कान दिवस पनि । सवैभन्दा ठुलो गहनाको रुपमा रहेको मुस्कानको अभाव कसैलाई नहोस् । खासगरी जेष्ठ नागरिकलाई अनि सबैलाई । सर्वप्रथम, दुवै दिवसको अवसरमा हार्दिक शुभकामना ।
आजको दिन हाम्रा लागि अति नै महत्वपूर्ण छ । जेष्ठ नागरिकप्रतिको सम्मान र मुस्कान दिवस्, एकैदिन । हुन त जेष्ठ नागरिकलाई सम्मान गर्न कुनै अवसर वा दिन जुर्नुपर्दैन् । तर अन्तर्राष्ट्रिय स्तरमै यो दिवस मनाउनुको तात्पर्य जेष्ठ नागरिकप्रति गरिएको सम्मान हो, जुन सम्मानले सन्देश बोकेको छ र महत्वपूर्ण अर्थ राख्दछ् । जेष्ठ नागरिकप्रति पुनः एकपटक सम्मान ब्यक्त गर्दै पत्रकारिताको यात्रामा हामीले ‘अनलाईन संस्करण’ लाई पनि जोडेका छौ र यसको सुरुवात आजकै दिनबाट गरेका छौं । यो यात्राले समाजका हरेक नागरिकको मुहारमा थोरै मुस्कान थप्न सक्यौ भने पनि हामी सफल हुनेछौं ।
समाज परिवर्तनशिल छ, हरेक क्षेत्र फराकिलो र परिस्कृत हुदैछ । समाज जसरी बद्लिदै छ, आम नागरिकको जीवनशैली पनि उस्तै गतिमा फेरिदैछ । तर समाज बद्लिदै गर्दा यसभित्रका अनकौं सुन्दर पक्ष भने नफेरिने र नबद्लिने हुन्छ अर्थात जीवन्त रहन्छ, सामाजिक अभिलेखका रुपमा कोरिन्छ । अनि तिनै अभिलेख समाजको ईतिहासका रुपमा स्थापित हुन्छ । जुन ईतिहास फेंरिदो पुस्ताका लागि उर्जा र प्रेरणाको स्रोत बन्दछ् ।
नकारात्मक पक्षलाई महत्व नदिने हाम्रो समाज सकारात्मक पक्षलाई बिर्सन चाहदैन । समाजका हरेक नागरिक र क्षेत्र त्यही सकारात्मक पक्ष अनि कर्मबाट ईतिहास बन्न सक्छन्, आफ्नो पहिचान स्थापित गर्न सक्छन् । जुन कर्म समाजको हरेक क्षेत्रमा रहेर हरेक ब्यक्तिले गर्न सक्छ । सोझै भन्नुपर्दा आफ्नै हातबाट आफ्नै ईतिहास कोर्ने अवसर यो समाजमा तपाईंले प्राप्त गर्नुभएको छ । हो तपाईं ईतिहास कोर्नुहोस्, त्यसको साक्षी बन्न आजदेखी हामी तपाईंसंगै जोडिएका छौं, ‘ईशिलालेख’ मार्फत ।
तपाईंको सुन्दर कार्य समाजको अभिलेखसंगै हाम्रो ईशिलालेख (www.eshilalekh.com) मा पनि आजदेखी कोरिनेछ । शिलालेख एउटा अभिलेख हो, जसलाई ईतिहास बताउने अमुल्य प्रमाणका रुपमा लिने गरिन्छ । तपाईंको सुन्दर कार्य ईतिहास बन्न सक्छ र त्यसको प्रमाण बन्न हामी तयार छौं । ईशिलालेखलाई फेंरिदो पुस्ताको स्रोत र उर्जाका लागि आवश्यक अमुल्य अभिलेख बनाउन हामी प्रयत्नशिल पनि रहनेछौं ।
सूचना प्रविधिले फड्को मारेसंगै पत्रकारितामा क्षेत्रमा अनलाईन मिडियाको संख्या दिनहु बढ्दो छ । हामी पनि त्यही बढ्दो संख्याभित्रको एक सदस्य भएका छौं । थुप्रै अनलाईन मिडिया संचालनमा छन्, हाम्रो कसैसंग प्रतिस्पर्धा रहने छैन् । अनलाईनलाई ‘विश्वसनीय र पठनीय’ बनाउने हाम्रो टिमको मुख्य उदेश्य रहनेछ ।
संचार हब प्रा.लिमार्फत संचालन हुने ईशिलालेखको आगामी यात्रामा तीन तहको सरकार र जनप्रतिनिधिसहित राजनीति, संचार, स्थानिय प्रशासन, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, राष्ट्रसेवक कर्मचारी, उद्योग, होटल तथा पर्यटन, स्वास्थ्य, शिक्षा, कृषी, कलाकारिता, खेलकुद, ब्यापारब्यवसायलगायत विभिन्न क्षेत्रमा आवद्ध रहनुहुने महानुभाव र आमनागरिकबाट सहयोग, सहकार्य, सल्लाह र सुझावको अपेक्षा राखेका छौं ।
अन्त्यमा www.eshilalekh.com लाई आकर्षक र सुन्दर बनाउन आवश्यक सहयोग गर्नुहुने काठमाण्डौस्थित ZOOKTI समुहलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।