नव जनजागृति युवा क्लबको १५औं वार्षिक साधारणसभा सम्पन्न
सिमराः जीतपुरसिमरा गोल्डकपको आयोजक नव जनजागृति युवा क्लबको १५औं वार्षिक साधारणसभा शनिवार सिमरामा सम्पन्न भएको छ ।
सिमरास्थित दुर्गा मन्दिरमा सम्पन्न साधारणसभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले नगरभित्रको खेलकुद गतिविधिको विकासका लागि नगर खेलकुद ऐन ल्याउने बताए ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले मन्तब्य राखेका थिए ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष ताराबहादुर कार्की, क्लबका पूर्वअध्यक्ष राजकुमार भट्टराई, क्लबका सल्लाहकार रमेश खरेल, सुमनकुमार भट्टराई, युवराज पौडेल, किशोर त्रिपाठी, प्रेम बराललगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न साधारणसभाको संचालन श्याम सुवेदीले गरेका थिए ।